
६ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको नेपाली धागोबाट उत्पादित कपडाको प्रदर्शनी सोमबार समापन भएको छ ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भन्दै नेपाल धागो उद्योग संघले ६ दिनअघि प्रदर्शनी आयोजना गरेको थियो ।
प्रदर्शनीको अन्तिम दिन सोमबार नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा नेता खनालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै व्यापारघाटा घटाउनु पर्नेमा जोड दिए ।
संघका अध्यक्ष पवन गोल्यानले कपडामा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि आफूहरुले काम गरिरहेको बताए । सरकारले स्वदेशी कपडा उद्योगहरुलाई सहज वातावरणमा चल्न सक्ने बनाउनु पर्ने उनले बताए ।
प्रदर्शनीमा नेपाली धागोबाट उत्पादित विभिन्न प्रकारका कपडाहरु राखिएको थियो ।
तस्वीर : शंकर गिरी /अनलाइनखबर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4