+
+
Shares

तातोपानी नाका दश दिन बन्द हुने

रासस रासस
२०७६ असोज ६ गते १८:४८

६ असोज, चौतारा (सिन्धुपाल्चोक) । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ/दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए ।

सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात/आठ टोली तिब्बत गइसकेकाले अबको तीन/चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?