Comments Add Comment

ओयूपीले गर्यो अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण

६ असोज, काठमाडौं । विश्वको सबैभन्दा ठूलो विश्वविद्यालय अक्सफोर्ड प्रेस विश्वविद्यालय ओयूपीले काठमाडौंको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि पहिलोपल्ट अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

जून कार्यक्रम प्रख्यात डा. नीलकण्ठले संचालन गरेका थिए र यस कार्यक्रममा देशभरका अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागी रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम मुख्यतः शिक्षामा ‘नेतृत्वसँगै भावनात्मक बौद्धिकता विकासको लागि केन्दि्रत थियो । डा. नीलकण्ठले प्रधानाध्यापकहरुको लागि प्रभावकारी नेतृत्वको के महत्व रहन्छ र यसमाकसरी विद्यार्थीसँग अन्तरक्रिया गर्ने भन्ने जोड दिए ।

त्ालिमको बारेमा कुरा गर्दैं, चन्द्रबाग विद्यालयका भुषण गुरुङले भने,’यो एक व्यवहारिक कार्यक्रम हो । आजको अन्तरक्रिया कार्यक्रम उपयुक्त नेतृत्वको लागि भावनात्मक शक्तिको महत्व कत्तिको छ भन्ने बारेमा हो, यसले हामीलाई नेतृत्वमा ईक्यूको सर्वाेपरी महत्व हुने कुरा दर्शाएको छ ।’

उपयुक्त नेतृत्वको लागि ईक्यूलाई सन्तुलनमा राख्नुपर्ने बताए । साथै डीएभी स्कुलका प्रधानाध्यापक भुवनेश्वरी रावले भनिन्, ‘हरेक सफलताको कथानै, त्यसको अनुकुलता, सुधार र परिवर्तन हो ।’

डा. एस नीलकण्ठ मनोविज्ञ प्रशिक्षक, फ्रीलेन्स प्रशिक्षक, परामर्शदाता हुन् र उनले एनटीपीसी, भारतीय कोस्ट गार्ड, रक्षा मन्त्रालय जस्ता प्रतिष्ठित संस्थाहरुमा अधिकृतको रुपमा काम गरी धेरै निजी कर्पाेरेट्समा प्रमुख पदहरुमा कार्यरत भई ३४ वर्ष भन्दा लामो अनुभव बटुलेका छन् ।

उनले प्राधानाध्यापक, शिक्षकहरु, विद्यार्थी एवं अभिभावकहरुको लागि नियमित रुपमा नेतृत्वको तालिम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment