Comments Add Comment

ओपो ए सिरिज २०२० नेपालमा, यस्ता छन् मूल्य र फिचर्स

६ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड ओपोले नेपाली बजारमा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ। ओपोले नेपाली बजारमा ए सिरिज २०२० मोडलका स्मार्टफोन सार्वजनिक गरेको हो।

कम्पनीको लोकप्रिय सिरिजका नयाँ पुस्ताको स्मार्टफोन “एफाइभ २०२०” र एनाइन २०२० स्मार्टफोन बजारमा ल्याएको हो। कम्पनीले सन् २०२० संस्करण अहिले नै ल्याएको हो।

मिड रेन्ज प्राइसमा हाइइन्ड स्मार्टफोनको मज्जा दिनका लागि कम्पनी विशेष गुणस्तरसहित बजारमा ल्याएको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बोबी झाओले बताए।

‘हामीले यी दुई फोनसँगै नयाँ दशको सुरुवात गरेका छौ।गएको दशको सफलताबाट हामिले नयाँ उचाइबाट यो सिरिजलाई अघि बढाएका छौ।नयाँ नामले आगामी दशकको मोबाइल प्रविधिलाई पनि इंगित गर्छ’ उनले भने।

यी फोनमा विशेषगरी ब्याट्री, क्यामेरा, डिजाइन र गुणस्तारका हिसाबले बिलकुल नयाँ प्रयोग गरिएको कम्पनीको दाबी छ।

लामो समयको परिक्षणपछि बजारमा ल्याइएको र यसलाई उपभोक्ताले मन पराउने प्रमुख कार्यकारी झाओको विश्वास छ।

‌ओपो ए सिरिज २०२० का स्मार्टफोनमा ५ हजार एमएच क्षमताको ब्याट्री रहेको छ। जसले निरन्तर १९ घण्टा चलाउन मिल्ने र ११ घण्टा एचडी युटुब भिडियो हेर्न सकिने र ७ घण्टा पब्जी खेल्न सकिने कम्पनीले जानकारी दिएको छ।


पछिल्लो समय गेमिङ र भिडियो स्ट्रिमिङमा देखिएको आकर्षणको एकमात्र बाधक ब्याट्री भएकाले कम्पनीले यसमा अल्ट्रा लंगर ब्याट्री दिएको बताएको छ। टाइप सी पोर्ट चार्जिङ लाग्ने यी स्मार्टफोनमा रिभर्स चार्जिङ सिस्टम पनि रहेको छ।

पब्जी लगायतका हाइ रेजुलोसन गेमिङका लागि यो सिरिजका फोन उपयुक्त भएको कम्पनीले दाबी गरेको छ। विशेषगरी अडियो, भिडियो क्वालिटीका लागि उपयुक्त भएको कम्पनीको भनाइ छ।

त्यस्तै यी फोनमा टिकटक भिडियो खिच्नका लागि अप्टिमाइजेसन गर्न सकिने क्यामेरा प्रविधि भएको कम्पनीको दाबी छ।

यो सिरिजका स्मार्टफोनमा पछाडीको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको छ। यसमा चारवटा क्यामेरा छन्। फरक आवस्यकतामा काम लाग्नेगरी चारवटा लेन्स राखिएको छ। मुख्य क्वाड क्यामेरासँगै ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेलको मोनो लेन्स, २ मेगापिक्सेलकै पोट्रेट लेन्स छन्। त्यस्तै अपो ए फाइभ२०२० मा मा अल्ट्रा नाइटमोड लेन्स पनि हुने छ।

विभिन्न रंगमा उपलब्ध हुने यो सिरिजका स्मार्टफोनमा १२८ जिबी मेमोरी हुने छ। तिनवटा कार्ड स्लट भएका यी फोनमा २५६ जिबीको मेमोरी कार्ड पनि राख्न मिल्ने छ।

नेपाली बजारमा ८ जिबी रोम र १२८ जिबी र्‍याम भएको एनाइन असोज १४ देखि नेपाली बजारमा उपलब्ध हुने छ। यसको मूल्य ३५ हजार रहेको छ।

त्यस्तै ४ जिबी रोम र १२८ जिबी र्‍याम भएको एफाइभ असोज ७ देखि नेपाली बजारमा उपलब्ध हुने छ। यसको मूल्य २७ हजार रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment