Comments Add Comment

पतञ्जलि योग : यसरी गरौं मनको शुद्धीकरण

अष्टाङ्ग योग मानिसको दैनिकजीवनको लागि निकै उपयोगी योग विज्ञान मानिन्छ । पूर्वीय दर्शनका आचार्य पतञ्जलिको पातञ्जल योगसूत्रमा अष्टाङ्ग योगको बारेमा उल्लेख गरिएको छ । जसमा योगका आठ अङ्गहरु यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको वर्णन गरिएको छ ।

पातञ्जल योगसूत्रको २९ औं सूत्रमा उल्लेख गरिएको अष्टाङ्गको दोस्रो नम्बरमा रहेको नियम कुनैपनि मानिसको मानसिक दु:ख छुटाउन उपयोगी मानिन्छ । यसको सम्बन्ध आम मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । मुख्यतया मानिसहरुले आफैंले सिर्जना गरेको दु:खबाट मुक्त गराउन सहयोग गर्ने भएकाले यसलाई योगको एक अङ्गको रुपमा व्याख्या गरिएको हो ।

पतञ्जलिले नियमलाई पनि ५ भागमा विभाजन गरेर व्याख्या गरेका छन् ।

क. शौच

ख . संतोष

ग . तप

घ. स्वाध्याय

ड. ईश्वर प्रणिधान

क.शौच

नियमको पहिलो भागको रुपमा पतञ्जलिले शौचलाई लिएका छन् । शौचले शरीर तथा मनको शुद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । स्नान, वस्त्र, खान-पान आदिबाट शरीरलाई स्वच्छ बनाईराख्नु नै शौच हो ।

विद्या, ज्ञान, सत्संग, संयम, धर्म आदि र धनोपार्जनलाई पवित्र राख्नाले मनको शुद्धि हुने गर्दछ भन्ने मान्यता योगसूत्रको छ । मनको शुद्धि शरीरको शुद्धिभन्दा अधिक महत्वपूर्ण हुने गर्दछ । तर, मानिसहरुले आफ्नो अधिकांश समय र धन शरीर शुद्धिका लागि खर्चिने गर्दछन् । मनको शुद्धि कसैको पनि महत्वमा पर्ने गरेको छैन ।

पृथ्वी, जल, अग्नि, वायु तथा आकाशको शुद्धिद्वारा नै मनुष्यको शुद्धि र यिनको अशुद्धिद्वारा मनुष्यको अशुद्धि हुने गर्दछ । यी सबैमध्ये धनको शुद्धिलाई नै हामीले बढी महत्वदिने गरिएको छ ।

जुन मनुष्यको धन अशुद्ध हुन्छ उसको आहार, ज्ञान तथाकर्म समेत अशुद्ध नै हुन्छ भन्ने मान्यत पताञ्जलीको छ । त्यस्ता मानिसहरुको जीवनमा तपस्या नै नहुने र उसलाई समयको बोध पनि नहुने भएकोले उसको जीवन नै निरर्थकतातिर जाने गर्दछ । जो मानिस आन्तरिक शुद्धिको पालना गर्दछ ऊ अहिंस्रक र बलवान बन्ने मान्यता समेत शास्त्रमा छ । जसले शुद्धिको पालन गर्ने व्यक्तिसँग संगतमात्रै गर्दछ उसको समेत व्यवहारमा धेरै सकारात्मकभावको सञ्चार हुने तर्क पतञ्जलिको छ ।

ख. सन्तोष

आफ्नो योग्यता तथा अधिकार अनुरूप आफ्नो शक्ति, सामथ्र्य, ज्ञान-विज्ञान तथा उपलब्ध साधनहरुद्वारा पूर्ण पुरूषार्थ प्राप्तगरेपछि त्यसबाट पाईने फलमा प्रसन्न रहनुलाई सन्तोष भन्ने गरिन्छ । असन्तोषको मूल अर्थ हो लोभ । यदिकुनै व्यक्ति सन्तोषको पालन गर्दछ अर्थात् तृष्णालाई र लोभलाई समाप्त गर्दछ भने त्यो मानिसले संसारकै सबैभन्दा धेरै सुख पाउने पतञ्जलिको तर्क छ ।

उनका अनुसार आफूलाई जति प्राप्त भएको छ त्यसमा अधिकको इच्छा नराख्नु मात्रै सन्तोष होईन । आफूले निर्धारण गरेको फल प्राप्त नहुँदा हताश निराश नभएर आफ्नो योग्यता र सामर्थ्य, बल, ज्ञान-विज्ञान वा साधनहरुको माध्यमबाट अधिक फलको चाहाना सहित कष्ट गर्नु पनि सन्तोष हो । जो मानिस आफूले प्राप्त गरेको फलमा पूर्ण रुपमा सन्तोष मान्दछ । त्यो आत्म दर्शनको लागि अत्यन्त बाधक रहेको पतञ्जलिको तर्क छ ।

ग.तप

जीवनको लक्ष्यलाई पूरा गर्नको लागि हानि लाभ, सुखदुःख, भोकप्यास, जाडोगर्मी, मान अपमान आदि द्वन्द्वहरुलाई शान्ति तथा धैर्यबाट सहन गर्नुलाई तप भन्ने गरिन्छ । आज हामीहरु स्वयंलाई यति कमजोर गराउने गर्दछौं कि हामीविना तकिया बस्न नसक्ने, वाहन-कार आदि)माथिको पराश्रय,  कूलर, ए.सी.विना बस्नै नसक्ने भइसकेका छौं ।

यस्ता प्रविधिले सहजता पनि सिर्जना गरेको छ । तर, अनेक पटक हामी केही भौतिक पदार्थहरुको लागि आत्मतत्व नै छाडि्दने गरेकाछौं । कुनै नयाँ प्रविधि हाम्रो अगाडि देखियो भने हामी चाहेर होस् या त नचाहेरै पनि त्यससँग आश्रति भइहाल्छौं । तपस्वी व्यक्तिलाई योगको सिद्धि हुँदैन अर्थात त्यो मानिस ईश्वरको दर्शन गर्न सक्दैन । त्याग गर्न भनेर यतिपनि त्याग गर्नुहुन्न कि आफ्नो उद्देश्यमा नै यसले बाधा सिर्जना गरोस् ।

घ. स्वाध्याय

भौतिक विद्या तथा आध्यात्मिक विद्या दुबैको अध्ययन गर्नु स्वाध्याय हो । केवल भौतिक वा केवल आध्यात्मिक विद्याबाट कसैले पनि आफ्नो लक्ष्यलाई पूरा गर्न सक्दैन । अतःदुबैको समन्वय हुनु अति आवश्यक छ । वेदहरु भौतिक विधा तथा आध्यात्मिक दुबै विद्या हो । विद्वान मानिसहरु वेदको अध्ययनलाई नै स्वाध्याय मान्ने गर्दछन् ।

केही विद्वानहरु ऋषिकृत ग्रन्थहरु (व्याकरण, निरुक्तआदि, दर्शन शास्त्र, ब्राहृमण ग्रन्थ, उपनिषद्आदि)को अध्ययनलाई समेत स्वाध्याय अन्तर्गत् राख्ने गर्दछन् । स्वाध्यायको पालना गर्दा मूर्खतारूपी अविधाबाट युक्त भएर हुनसक्ने दूर्घटनाबाट मुत्त mहुने गरिन्छ । यसले हामीलाई मुक्ति-पथबाट अघि बढाउनमा सहायता मिल्दछ ।

ड. ईश्वर प्रणिधान

ईश्वर प्रणिधानको अर्थ हुन्छ – समर्पण गर्नु।

लोक माहामी माता, पिता, अध्यापक, अधिकारी आदिप्रति समर्पणको भावना राख्दछौं । यसको अर्थ .हाम्रा माता-पिता, अध्यापक, अधिकारी आदिले जस्तो भन्छन् उस्तै गर्नुभन्ने हुन्छ । जोप्रति हामी समर्पित छौं उसको आज्ञाको पालना गर्नु नै समर्पण हो । त्यसकारण ईश्वरप्रति समर्पित हामीहरुले ईश्वरको आज्ञाको बारेमा समेत जानकारी लिनुपर्दछ । त्यसको लागि हामी जस्तोसुकै काम गर्नुपूर्व पनि ईश्वरको आज्ञा अनुसार चल्नुपर्ने हुन्छ । तर, यसरी ईश्वरको आज्ञाको प्रतीक्षा गरिरहँदा उनीसँग फलको इच्छा गर्नुहुँदैन । फेरि प्रश्न आउन सक्छ फलन चाहनुको अर्थ के हो ? यसको अर्थ हुन्छ कुनैपनि जड पदार्थलाई नै फलको रुपमा मानेर त्यसको प्राप्तिको कामना नगर्न । यस्तो अवस्थामा आत्मिक शुद्धिको अभिलाषा भने राख्न पाईन्छ । जसको लागि ईश्वरीय आनन्द पाउनु जरुरी छ । श्रीमदभगवद् गीतामा वणिर्त निष्काम भावसँग कर्म गर्ने यहि अभिप्राय हो ।

यस विषयलाई सम्झाउनको लागि ऋषिहरुले ‘भक्तिविशेष’शब्दको प्रयोग गरेका छन् ।

भक्ति । समर्पण । आज्ञा पालन

ईश्वर प्रणिधान अन्तर्गत आफ्नो सबै बल, धन, योग्यता, ज्ञान आदि ईश्वरलाई समर्पित गर्नुपर्दा मानिसमा एक किसिमको डर उत्पन्नहुने गरेको छ । त्यो कस्तो डर भने दान दिने बेलामा सबैकुराहरु दान गरेपछि आफूसँग केहीपनि बँच्दैन भन्ने । तर, त्यस्तो हुँदैन । यसरी ईश्वर प्रणिधान गर्दा समस्त धन एवं ऐश्वर्य आफ्नै साथमा रहन्छ । तर, उसलाई ईश्वरको आज्ञाको अनुरुप प्रयोग गर्नुपर्दछ ।

जस्तो उदाहरणको लागि कुनै घरमा भाडामा बस्ने मानिसले त्यो घरको अधिकतम उपयोग गर्ने गर्दछ । त्यही घरबाट उसले सकेसम्मको सुखहरु लिने प्रयत्न गरेको हुन्छ । तर, आफैंसँग भएको घरलाई पनि उसले आफ्नो मान्ने गर्दैन । आफ्नो नमानेकै कारण त्यो घरमा कुनै नोक्सानी भयो भने भाडामा बस्नेलाई कुनै चिन्ता हुँदैन । सबै विषय भगवानमा नै पर्यावशान गराउनु नै ईश्वर प्राणिधान हो ।

यसरी आफ्नो आत्मिक शुद्धिका लागि नियमका ५ भाग मार्फत् पतञ्जलिले मानिस स्वयंद्वारा सिर्जित समस्याको समाधानको उपाय खोतलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment