+

एभरेस्ट महिला भलिबल लिगको बाँकी खेल कात्तिक अन्तिम साता हुने

२०८२ कात्तिक  १८ गते १३:०७ २०८२ कात्तिक १८ गते १३:०७
एभरेस्ट महिला भलिबल लिगको बाँकी खेल कात्तिक अन्तिम साता हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू कात्तिक २६ देखि २९ सम्म काठमाडौंमा पुन: सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
  • आयोजक ईन्फिनिटी ड्रिम्सले नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भइसकेको र संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिने बताएको छ।
  • लिगमा ६ फ्रेन्चाईज टोली सहभागी छन् र ललितपुर क्विन्स तथा कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित रहेका छन्।

१८ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरू कात्तिक अन्तिम साता पुन: सञ्चालन गरिने भएको छ ।

आयोजक ईन्फिनिटी ड्रिम्सले मंगलबार विज्ञप्ति जारी गर्दै लिगका बाँकी खेलहरु यही कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५) सम्म गर्ने जानकारी दिएको छ ।

यसका लागि नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको आयोजकले जनाएको छ ।

यसअघि दोस्रो संस्करणको प्रतियोगिता भदाै २० गते देखि पोखरामा भएको थियो । जसमा लिगको १६ मध्ये ९ खेल सम्पन्न भइसकेको छ ।

अब बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने र तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ आयोजकले जनाएको छ । यस्तै संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिने आयोजकले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

लिगको पहिलो चरण राष्ट्रिय जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए ।

अप्रत्याशित चुनौतीहरू सामना गर्नुपरेपनि वात्सल्य इढब्लुभी दोस्रो संस्करण सम्पन्न गर्ने दृढ संकल्पमा अडिग रहेको आयोजकले जनाएको छ ।

लिगमा ६ फ्रेन्चाईज टोलीको सहभागिता छ । ललितपुर क्विन्स र कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित छन् ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय