Comments Add Comment

पूर्वी नवलपरासीका एसपी भन्छन्– तीव्र गतिका कारण भयानक दुर्घटना

कारको ढोका फोडेर निकालियो, तर सबैको मृत्यु

७ असोज, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपुरको कावासोती नगरपालिका-८ मा सोबार राति भएको भयानक दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर, कैलालीका सुरज रानामगर, देवचुली-१० का दिपेश राना र हिरा राना मगर छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रहरी प्रमुख मोहन पोखरेलका अनुसार मृत्यु हुने थप दुई जनाको मंगलबार बिहान पहिचान खुलेको हो ।

पोखरेलका अनुसार सोबार राति सवा १० बजे लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा ठोक्किँदा कारमा सवार सबैको मृत्यु भएको हो ।

ढोका फोडेर राति नै उपचारका लागि चितवन पठाए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक बुद्धि चौधरी प्रहरी नियन्त्रणमा छन् । उनको हातमा चोट लागेको छ ।

प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा भएका कारण दुर्घटना भएको आशंका गरिएको एसपी पोखरेलले बताए । यद्यपि, विस्तृत छानबिन भइरहेको उनको भनाइ छ । ‘दुर्घटनाको प्रकृति र कारको अवस्था हेर्दा त्यस्तै देखिन्छ’, उनले भने ।

यो पनि पढ्नुहोस कावासोतीमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment