Comments Add Comment

युटुबमा आयो ‘छक्का पन्जा २’, तर प्रतिक्रिया यस्तो

२ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ युटुबमा सार्वजनिक भएको छ । यो चलचित्र युटुबमा नआएपछि दीपकराज गिरी र उनको टिमसँग दर्शक आक्रोशित पनि थिए । यो चलचित्र युटुबमा सार्वजनिक नगरेको भन्दै दीपकराजको युटुब र फेसबुकमा खुबै आलोचना पनि हुने गथ्र्यो ।

तर, हाइलाइट्स नेपालले सोमबार बेलुकी यो चलचित्र अपलोड गरेको छ । चलचित्र हलमा ब्लकबस्टर भएको थियो । युटुबमा १४ घन्टामा साढे ७ लाख भन्दा बढी पटक हेरिएको यो चलचित्रलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

करिब ४ हजार प्रतिक्रिया मिश्रित छन् । कतिपयले चलचित्र निकै नै खराब लागेको लेखेका छन् भने कतिपयले अहिलेसम्म हेरेको मध्येकै उत्कृष्ट चलचित्र भनेर लेखेका छन् । चलचित्रलाई २५ हजारले लाइक गरेका छन् भने १४ घन्टामा साढे ४ हजारले डिसलाइक गरेका छन् ।

१४ करोड हारहारीको ग्रस कलेक्शन हलबाट गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

दीपकराज गिरी र उनको टिमले चाडै नै ‘छक्का पन्जा ३’ पनि युटुबमा सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment