
युएई । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले राजसंस्थाको कल्पना नगर्न चेतावनी दिएका छन् ।
राजसंस्थाको प्रेतआत्मा खेदाएर शान्त पार्न युवासंघ लागि पर्ने तयार रहेको भन्दै उनले आवश्यक परे नारायणहिटीबाटसमेत हटाउने चेतावनी दिए ।
सोमबार आबुधाबीमा नेकपाको प्रवासी संगठनका कार्यकताहरुसँगको छलफलमा बोल्दै उनले वर्तमान सरकार व्यवस्था रक्षामा लाग्ने बताए ।
विप्लव माओवादीप्रति लक्षित गर्दै उनले राजनीतिक उद्देश्य स्पष्ट नभएकोले मूलधारमा आउन आग्रह गरे । ‘यदी उहाँहरु कतैबाट परिचालित भएर देशमा अस्थिरता चाहेको हो भने स्पष्ट पार्नु पर्यो ।’
भ्रष्टाचार नियन्त्रणमा सरकारको सबै संयन्त्र परिचालन भएपछि भ्रष्टचारीलाई ज्यान जोगाउन कठिनाई भएको उनले दावी गरे ।
सहसंयोजक पौडेलले वाइडबडी र बालुवाटार काण्डमा शेरबहादुर देउवाको प्रत्यक्ष संलग्नता देखिएपछि निश्पक्ष छानबिन नभएको आरोपसमेत लगाए ।
भ्रष्टचार र कर छलीको कतिपय मुद्दामा सरकारले तिर्न भने पनि अदालतले छुट दिने गरेको पौडेलको भनाइ छ ।
यस्तै, संघका केन्द्रीय सदस्य विपिन ढकालले प्रवासमा रहेका संगठनका कार्यकर्ताहरुलाई सरकारको भिजिट नेपाल २०२० को अभियानलाई प्रचार गर्न आग्रह गरे ।
प्रवासमा संगठनलाई जिवन्त राख्दै देशको हितमा सिर्जनशील भूमिका खेल्न उनको आग्रह छ ।
आइतबार युएई आएका पौडेल र ढकाल दूतावासले आयोजना गरेको संविधान दिवस कार्यक्रममा पनि सहभागी भएका थिए ।
प्रतिक्रिया 4