Comments Add Comment

१ सय १८ वर्षदेखि निरन्तर बलिरहेको छ यो बिजुली बल्ब

आम रूपमा बिजुलीका बल्बहरु बढीमा डेढ दुई वर्ष टिक्छन् । तर यो दुनियाँमा एउटा यस्तो बल्ब छ, जुन १ सय १८ वर्षदेखि निरन्तर बलिरहेको छ । अहिलेसम्म यो बल्ब फ्युज भएको छैन ।

यो अनौठो बल्बलाई सेन्टेनियल भनेर चिनिन्छ । क्यालिफोर्नियाको लिभरमोर सहरको दमकल केन्द्रमा राखिएको यो बल्बलाई शेल्भी इलेक्ट्रोनिक्स कम्पनीले निर्माण गरेको थियो । सन् १९०१ मा पहिलोपटक यो बत्ती बालिएको थियो । त्यसबेला देखि यो बल्ब बलिरहेको छ र फ्यूज गएको छैन ।

तर सन् १९३७ मा बिजुलीको तार फेर्नका लागि पहिलोपटक यो बल्बलाई बन्द गरिएको थियो । तार फेरिसकेपछि यो बल्ब पुनः बालियो ।

त्यस्तै सन् २०१३ मा एक्कासि यो बल्ब आफैं बल्न छाड्यो । धेरैले यो बल्ब फ्युज गएको ठाने । तर पछि चेकजाँच गर्दा बिजुलीको तारमा खराबी भएर बत्ती नबलेको पत्तो लाग्यो । अर्थात् यो ऐतिहासिक बल्ब फ्युज गएको थिएन ।

यो बल्बले सबैभन्दा धेरै टिक्ने बिजुलीको बल्बको रूपमा गिनिज बुकमा नाम लेखाइसकेको छ ।

यो अद्वितीय बल्ब अमूल्य छ । त्यसैले सदैव सीसीटीभी क्यामराको निगरानीमा यसलाई राखिएको छ ।

चार वाट क्षमताको यो बल्ब चौबीसै घण्टा बलिरहन्छ । सन् २००१ मा यसले आफ्नो एक सयौं जन्मदिन धुमधामसँग मनाएको थियो । त्यस क्रममा संगीत पार्टीको पनि आयोजना गरिएको थियो ।

यो बल्ब अहिले आकर्षणोा केन्द्र बनेको छ र यसलाई हेर्नका लागि टाढा टाढाबाट मानिसहरु आउँदछन् । कहिलेकाहीँ त मानिसहरुको ठूलै भीड लाग्दछ, मानौँ त्यहाँ चर्चित म्युजियम नै छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment