Comments Add Comment

बन्द भएका १ सय ९५ कम्पनीमा प्राधिकरणको ६५ करोड बक्यौता

७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने १ सय ९५ कम्पनीको नाम सार्वजनिक गरेको छ । हाल बन्द भइसकेका वायुसेवा कम्पनी, ट्राभल, टूर तथा विभिन्न कम्पनीबाट बक्यौता रकम उठाउन नसकेपछि प्राधिकरणले रकमसहित सार्वजनिक गरेको हो ।

नेपाल नागरिक उड्डयन र अन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालयबाट ६५ करोड ८ लाख ७६ हजार ६ सय ३१ रुपैयाँ ३१ पैसा बराबरको रकम उठाउन बाँकि रहेको छ । ‘मंगलबार सार्वजनिक गरेको बक्यौता बन्द भइसकेका कम्पनीको हो,’ प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने, ‘संचालनमा रहेका वायुसेवा कम्पनी, अन्य कम्पनी र सरकारी एजेन्सीको बक्यौता भने यहाँ उल्लेख गरिएको छैन ।’

प्राधिकरणका अनुसार सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र रकम बुझाउन कम्पनीहरुलाई समय तोकिएको छ । तोकिएको समयमा पनि बक्यौता नतिरे कानून अनुसार कारवाही प्रक्रिया थाल्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

विगतमा सञ्चालनमा रहे पनि अहिले बन्द भइसकेका वायुसेवा कम्पनीको बक्यौता बढी देखिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी एयर एसियाको बक्यौता छ । नेपाल उडान रद्द गरिसकेको यो कम्पनीले कूल १८ करोड ९४ लाख २१ हजार ४ सय ५७ रुपैयाँ प्राधिकरणलाई तिरेको छैन ।

कम्पनीहरुको बक्यौता सुची यसप्रकार छः

एयर एसियाः १८ करोड ९४ लाख २१ हजार ४ सय ५७

एयर डाइनेस्टी : ४ लाख १८ हजार ३ सय ९७

अग्नी एयर : १ लाख ११ हजार १ सय ९५

एयर काष्ठमण्डप : १४ हजार ५ सय ७३,

एयर नेपाल : ७८ हजार ८ सय ९७,

एयर सहारा जेट : ३४ लाख ७८ हजार १ सय २६

अल्फाइन एयर : ७२ हजार ७ सय २८

अल्टिच्यूड एयर : ३ लाख ७६ हजार ९ सय २५

फिस्टेल एयर : २७ लाख ३१ हजार ६ सय ६२

गरुण एयर : २७ हजार ४ सय ४० रुपैयाँ

जीएमजी एयरलाइन्स : १ लाख ५९ हजार १ सय १ रुपैयाँ

गोर्खा एयरलाइन्स : ले १९ लाख ११ हजार १ रुपैयाँ

गोर्खा हेलि हेन्स : ३८ हजार ९ सय १० रुपैयाँ

हेलि एयरल नेपाल : ४ लाख ६४ हजार ४ सय १२

जेट एयरवेज : ३ करोड ५५ लाख ७२ हजार ६ सय ४३

कर्णाली एयर : १७ लाख २४ हजार ३ सय ७२

लुफ्थान्सा एयरलाइन्स : १० लाख ६३ हजार ६ सय ४४

लुम्बिनी एयरवेज : २५ लाख ८२ हजार ३ सय ४

मनकामना एयर : ९ हजार १ सय ४३

नेकोन एयर : ४ करोड ७२ लाख ५८ हजार ३ सय ४३

प्रभू हेलिकोप्टर : ७ लाख २८ हजार ६ सय २६

राक एयरवेज : १ लाख ८३ हजार ७ सय ७२

रिजेन्ट एयरवेज : ६ लाख ६० हजार

सांग्रीला एयर, सिभानी एयर, स्काइलाइन एयरवेज, तुई एयरलाइन्स, यूनाइटेड एयरवेजलगायतले पनि प्राधिकरणको बक्यौता नतिरेको सूचिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment