+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १९:००

७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यकामा दुग्ध पदार्थ वितरणका लागि दुई कम्पनीलाईृ टेण्डर नगरी पुन सम्झौता गरी डीडीसीलाई ठूलो आर्थिक नोक्शानी पुर्‍याएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिसँगको मिलेमतोमा टेण्डर नगरी आफुखुशी ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी अस्वाभाविक बढी भुक्तानी दिएको देखिएको अख्तियारले जनाएको छ ।

प्रशासन व्यवस्थापन विभाग र आर्थिक व्यवस्थापन विभागसमेतको सिफारिस राय विपरीत २०६९ असोज २२ गतेको सम्झौतामा प्रतिलिटर ढुवानी मूल्यमा ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी दुग्ध विकास संस्थानलाई हानि नोक्शानी पुर्याएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

अख्तियारले तत्कालीन महाप्रबन्धक गंगा तिम्सिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकीय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै दूध वितरण गोकुल निर्माण सेवाका सञ्चालक गोकुल फुयाल र प्रभु आदित्य विजनेस प्रालिका फणीन्द्रप्रसाद दाहाल, दीपबहादुर खड्का र तत्कालीन सञ्चालक सतिसकुमार गिरीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले कर्मचारीविरुद्ध ४६ लाख ७९ हजार १ सय ८२ र वितरक गोकुल फुयालविरुद्ध २२ लाख १९ हजार र प्रभु आदित्य विजनेस प्रालिका ३ जनाविरुद्ध जनही २४ लाख ५९ हजार रुपैयाँ विगो दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?