Comments Add Comment

यी ५ समस्याले गर्नसक्छ हृदयघातको संकेत

हृदयघात पछिल्लो समय धेरै जनाको समस्याको विषय बनेको छ । हृदयमा कुनैपनि समस्या भएर काम गर्न नसक्दा कति मानिसले यसकै कारण ज्यान समेत गुमाउनु परिरहेको छ । मानिसको हृदय सही रुपले काम गर्नको लागि अक्सिजन युक्त रगतको निरन्तर आदानप्रदान आवश्यक हुन्छ । हृदयमा यसरी रगत प्रवाह गर्ने रक्त वाहिकाहरुलाई कोरोनरी धमनी भनिन्छ । यदि यो धमनीहरुमा बाधा सिर्जना भयो भने हृदयमा रगतको आदानप्रदान रोकिन पुग्छ । जसको परिणाम स्वरुप व्‍यक्तिको मृत्यु समेत हुने सम्भावना हुन्छ ।

धमनीहरुमा बाधा उत्पन्न हुनु वा रगतको आदानप्रदान रोकिनुको पछि कैयौं कारणहरु हुनसक्छ । यो धमनीहरुमा जम्मा भएको कोलिस्ट्रोल र फ्याट अधिक हुँदै जाँदा यस्तो समस्या सिर्जना हुने गर्दछ । यसलाई एथेरोस्क्लेरोसिस समेत भन्ने गरिन्छ । यो स्थितिमा धमनीहरुको फैलावट या संकुचनमा बाधा सिर्जना हुनसक्छ । जसको कारण हृदयले आवश्यक मात्रामा अक्सिजनयुक्त रगत पाउन सक्दैन । जुन हृदयघातको कारक बन्न पुग्दछ ।

यहाँ हामी धमनीहरुमा हुने बाधा वा हृदयघातको संकेतबारे जानकारी दिँदैछौं । जुन संकेत लगत्तै चिकित्सकहरुकोमा गएर उपचार गराउँदा हृदयघातबाट बच्न सकिन्छ ।

छातीमा दुखाई हुनु

यसरी रगत आदानप्रदानमा समस्या सिर्जना भएपछि छातीमा समस्या भएको महसुस हुने गर्दछ । हृदयमा रगत प्रवाह हुन नसकेपछि यसको प्रत्यक्ष असर छातीसम्म पर्ने गर्दछ । जुन हृदयघातको संकेत हुनसक्छ । जो कि हृदयमा रक्‍त प्रवाहको कमिका कारण हुने गर्दछ । यो कोरोनरी अर्टरी डिजीज (सीएडी) को एक सामान्य लक्षण हो । जसमा छातीमा समयसमयमा दुखाई हुने, दबाव र ऐठन महसुस हुने गर्दछ ।

यस समस्यालाई प्रायः सामान्य दुखाईको विषय मान्न सकिन्छ । यदि हाम्रो धमनी अवरुद्ध भयो भने त्यो दुखाई शरीरको अन्य भागमा समेत फैलिने गर्दछ । जस्तो कि हात, पीठ, पेट, गर्धनसम्म पनि दुखाई महसुस गर्ने गरिन्छ । यस्तो दुखाई देखिनु पनि हृदयघातको एक संकेत हो ।

सास लिन समस्या भएमा

यदि कुनैपनि व्यक्तिको धमनी रोकिएको छ भने उसलाई श्वासप्रश्वासमा समस्या हुने गर्दछ । कुनैपनि व्यक्तिले लामो सास फेर्न नसक्ने र छोटो छोटो सास फेर्ने गर्दछ भने उसमा पनि हृदयघातको संकेत रहेको मान्न सकिन्छ ।

वान्ता हुनु

कोरोनरी अर्टरी डिजिजको लक्षणको रुपमा वान्ता भईरहनु पनि लिन सकिन्छ । यसले पनि धमनीमा कुनै समस्या आएको छ भन्ने विषयलाई संकेत गरिरहेको हुन्छ । कसैकसैमा भने पेट दुख्नेदेखि उल्टी हुने एवं पाचनतन्त्रमा संक्रमण समेत देखिने गरेको हुन्छ ।

चक्कर आउनु 

धमनी अवरुद्ध हुँदा अक्सिजन युक्त रगत मस्तिष्कसम्म पुग्न सक्दैन । जसका कारण रिंगटा लाग्ने समस्या सिर्जना हुने गर्दछ । धेरै थाकेको महसुस हुनु, चक्कर आउनु, बेहोस भएजस्तो महसुर गर्नु पनि हृदयघातको संकेत हो ।

मुटुको धड्कन अनियमित हुनु

मुटुको धड्कन अनियमित हुनु पनि हृदयघातको एउटा संकेत हो । हृदयमा पर्याप्त रुपले रगतको मात्रा नभएको कारणले धमनीहरुमा रोकावट पैदा हुने गर्दछ । जसका कारण मुटुको धड्कन बढ्दै जाने गर्दछ । यदि कुनैसमय जोडतोडका साथ मुटुको धड्कन चल्छ र कहिलेकाहीँ एकदमै मन्द गतिमा धड्कन चल्छ भने त्यो समेत संकेत हृदयघातको हुनसक्छ । त्यस्तो अवस्थामा पनि तुरुन्त चिकित्सकको सहायता लिईहाल्नुपर्छ । माथि उल्लेखित संकेतहरु पाउने वित्तिकै नजिकैको चिकित्सक कहाँ पुग्ने हो भने हृदयघातका कारण ज्यानै जाने समस्या नआउने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment