Comments Add Comment

नेमकिपा नेतृत्वमा पुरुषै पुरुष

८ असोज, काठमाडौं । नेपाल मजुदर किसान पार्टी (नेमकिपा) को सचिवालय, केन्द्रीय पदाधिकारी र प्रदेश इन्चार्ज महिलाविहीन भएको छ । २०३१ सालदेखि पार्टी अध्यक्ष रहँदै आएका नारायणमान बिजुक्छेको अध्यक्षतामा गठित सचिवालयमा पाँचै जना पुरुष छन् ।

विजुक्छेको अध्यक्षतामा गठित सचिवालयमा प्रेम सुवाल, सुनिल प्रजापति, नन्दबहादुर शाही र मोहनप्रसाद प्रजापति सदस्य छन् । केन्द्रीय कमिटी बैठकले प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।

केन्द्रमा मात्रै होइन सात वटै प्रदेशका संयोजकहरू पनि पुरुष मात्र छन् । प्रदेश १ मा उकेश कवां, प्रदेश २ मा सुरेन्द्रराज गोसाई, प्रदेश २ मा प्रेम सुवाल, गण्डकी प्रदेशमा डिल्लीप्रसाद काफ्ले, प्रदेश ५ मा हरिसुन्दर वासी, कर्णाली प्रदेशमा सरोजराज गोसाई र सुदूरपश्चिम प्रदेशमा नन्दबहादुर शाहीलाई प्रदेश संयोजक बनाइएको छ ।

महाधिवेशनले अध्यक्ष विजुक्छे, सचिव सुवाल, कोषाध्यक्ष प्रजापति बाहेक केन्द्रीय सदस्यमा चयन हुनेमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला जग्यबहादुर शाही, सनकमान महर्जन, बजिरिसिंह विश्वकर्मा, नारायण महर्जन, सरोजराज गोसाई र उकेश कवां छन् ।

यस्तै, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, अनुराधा थापा मगर, नर्मा गुरुङ, कमलमैया सुवाल, सृजना सायजु र सरोजकुमार साह पनि केन्द्रीय सदस्य चयन भएका छन् ।

कृष्णबहादुर तामाङ र मुक्ति यादव महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य चुनिएका छन् ।

केन्द्रीय समिति बैठकले रवीन्द्र ज्याख्वलाई केन्द्रीय सदस्य र राजेन्द चवाल तथा नारायणबहादुर दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा दलको सबै तहको समितिमा कम्तीमा एक तिहाई महिला सदस्य हुनैपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment