Comments Add Comment

पहिलो पटक यौन सम्पर्क : बाध्यता र करकापमा

अहिले विश्वभरमै कलिलामाथि हुने यौनहिंसाको घटना सतहमा आइरहेका छन् । ‘ह्यासट्याग मीटु मुभमेन्ट’ले महिलाहिंसाको उकुसमुकुस बाहिर ल्याएको छ ।

महिलाहरु कसरी यौन हिंसाका शिकार बनिरहेका छन्, यौनमा रुची नहुँदा पनि जबर्जस्ती सम्बन्ध बनाउनुपर्ने बाध्यता कसरी आइलागेको छ, यौनको नाममा कस्तो किसिमको उत्पीडन भोग्नु परिरहेको छ ? भन्ने सम्बन्धमा एक नयाँ खोज सार्वजनिक भएको छ । उक्त खोज अमेरिकी महिलामा आधारित छ । रिसर्च अनुसार हरेक १६ जना महिलामध्ये एक जना महिलाले पहिलोपटकको यौन सम्पर्क जबर्जस्ती गर्न बाध्य भएको पाइयो । त्यस समयमा उनीहरुको उमेर पनि पीडकको तुलनामा निकै कम थियो ।

के भन्छ खोजले ?

जामा इन्टरनेल मेडिसिनको सोधमा भनिएको छ ‘अमेरिकामा ३३ लाखभन्दा बढी महिला पहिलोपटक सम्भोगका लागि बाध्य हुनेछन् । अर्थात् उनीहरु राजीखुशीले नभई करकापमा र बाध्यात्मक रुपले यौन सम्बन्ध राख्ने गर्छन् । १६ जना अमेरिकी महिलामा एक जना महिला यौन सम्बन्धका लागि बाध्य हुने गर्छन् । ‘ह्यासट्याग मिटू मुभमेन्ट’बाट यो कुराको उजागर भएको हो कि महिलालाई उनीहरुको इच्छा एवं रुचिविना कसरी यौन दूव्र्यवहार हुन्छ ?

के भन्छ तथ्यांक ?

१३ हजार ३ सय १० महिलामाथि गरिएको यस सर्वेक्षणको विश्लेषणमा के पाइयो भने उत्तरदातामध्ये ६ दशमलव ५ प्रतिशत महिला यौन दूर्व्यवहारको शिकार भएका छन् । उनीहरुलाई पहिलोपटक यौन सम्बन्धका लागि बाध्य बनाइएको छ । यो आँकडा ३३ लाख महिला बराबर हुन्छ, जसको उमेर १८ देखि ४४ वर्षको बीचमा छ । अमेरिकी हावर्ड विश्वविद्यालयका शोधकर्ताका अनुसार जबर्जस्ती सम्भोग गर्न बाध्य हुँदा उनीहरुको उमेर १५ देखि १७ वर्षबीच थियो ।

खतरा

अध्ययनमा के पाइयो भने पहिलोपटक जबर्जस्ती यौन सम्पर्कका लागि बाध्य भएका महिलाहरुमा अनिच्छित गर्भधारण वा गर्भपातको सम्भावना हुन्छ । साथसाथै उनीहरुमा प्रजनन समस्या हुने भय समेत रहेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment