
काठमाडौं । भारतका पूर्व गृहराज्यमन्त्री चिन्मयानन्दमाथि बलात्कार तथा यौन शोषणको आरोप लगाउने छात्रालाई पक्राउ गरी जेल चलान गरेको छ ।
घटनाबारे अनुसन्धान गरिरहेका एसआइटीका प्रमुख नवीन अरोडाकाअनुसार बुधबार बिहान छात्रालाई पक्राउ गरी थाना लगिएको र उनको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणपछि छात्रालाई न्यायधीशसमक्ष उपस्थित गराइएको अरोडाले बताए ।
न्यायधीसले थुनामा राख्न अनुमति दिएसँगै उनलाई जेल चलान गरिएको अरोडाले बताए ।
आफ्नो सहकर्मीसँग मिलेर ५ करोड रुपैयाँ मागेको आरोप किशोरीलाई लागेको छ ।
पक्राउबाट बच्न छात्राले उच्च अदालतमा अग्रिम जमानतका लागि आवेदन दिएको भएपनि त्यसलाई खारेज गर्दै जिल्ला अदालतमा जान निर्देशन दिएको थियो । जिल्ला अदालतले उनको निवेदन लिँदै बिहीबार सुनुवाईको मिति तय गरेको थियो । तर, एसआईटी टोलीले किशोरीको सुनुवाई हुनु एकदिन अघि नै पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया 4