Comments Add Comment

दशैंमा तम्घास बजारभित्र पार्किङ गर्न नपाइने

८ असोज, गुल्मी । दशैंको बेला गुल्मीको तम्घास बजारभित्र पार्किङ निषेध गरिने भएको छ ।

चाडपर्वमा भीडभाड बढ्ने भएकोले सरोकारवालासँग छलफल गरी बजार क्षेत्रमा पार्किङ निधेष गर्ने निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका सई प्रविन आचार्यले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म ठूला तथा साना सवारीसाधनले सामान लोडअनलोड गर्न रोक लगाइएको छ ।

बजार क्षेत्रमा कुनै पनि सवारीसाधन चालक बिना लामो समय पार्किङ्ग गरेर राख्न नपाइने, बजारमै मालसमान एक अर्को गाडीमा लोडअनलोड गर्न नपाइन जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै सदमुकाम बाहिरबाट बजार क्षेत्रमा प्रबेश गर्ने सवारी साधनले बसपार्क बाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झार्न नपाउने निर्णयसमेत भएको छ ।

बजार क्षेत्रको पुतली बजार क्षेत्रको शहीद चोकसम्म मोटरसाइकल लामोसमय समम पार्किङ्ग गरेर राख्न पाइने छैन ।

सडक छेउ, पेटीमा राखेर माल समान बिक्री गर्ने, निर्माण सामाग्री तोकिएको समयमै हटाउने गरि झार्ने र राख्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment