काठमाडौं । पेरी सेन्ट मर्जेन (पीएसजी)ले लिग वानमा रिम्ससँग हार व्यहोरेको छ । लिग च्याम्पियनको घरेलु मैदानमा यो उसको सन् २०१८ पछिको पहिलो हार हो ।
पीएसजीले गत साता च्याम्पियन्स लिग रियल मड्रिडसँग ३–० ले हारेको थियो । लिगको मध्यतिर रहेको रिम्ससँग खेल्दा त्यो हारको प्रभाव देखिएको छ ।
खेलमा रिम्सले २९ औं मिनेटमा हासेम कमाराको गोलबाट अग्रता लिएको थियो । इन्जुरी टाइममा बुले डियाले बाइसाइकल किक गोल गरेपछि रिम्स लिग च्याम्पियनलाई उसकै घरेलु मैदानमा हराउन सफल भएको छ ।
हारका बाबजुद पीएसजी लिगको शीर्ष स्थानमा कायमै छ । उसको ७ खेलबाट १५ अंक छ भने समान अंक जोडेको एंगर्सको गोल अन्तरका आधारमा दोस्रोे स्थानमा छ ।
प्रतिक्रिया 4