+
+
Shares

वीरगञ्जबाट नक्कली लाइसेन्स बनाउने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १६:५४

९ असोज, काठमाडौं । वीरगञ्जबाट नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-११ का ५१ वर्षीय मोहनलाल राउत कुर्मी र सोही स्थानका ४२ वर्षीय घनश्याम भण्डारी रहेका छन् ।

बाराको कोल्हवी नगरपालिका-४ प्रगति नगरका २१ वर्षीय रमेश चौधरीको बी श्रेणीको नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्नहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातसहित उनीहरुलाई वीरगञ्ज-११ बाट बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?