Comments Add Comment

खेलकुदमन्त्री भन्छन् : साग तोकिएकै मितिमा हुन्छ

९ असोज, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तोकिएकै मितिमा हुने प्रतिबद्धता दिए ।

बिहीबार सिंहदरबारमा १३ औं साग समितिको गठनअघि मन्त्री विश्वकर्माले साग हुन्छ या हुदैन भनेर शंका नगर्न पनि आग्रह गरे ।

उनले भने, ‘मन्त्रिपरिषदबाट साग कार्यविधि पारित भइसकेको छ । बजेट पनि निकासा भइसकेको छ । अब पनि साग सर्छ भन्ने त शंका नै भएन ।’

१३ औं साग खेलकुद प्रतियोगिता यहि मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने मिति छ । तर तयारी त्यसै अनुसारले नहुँदा खेलाडीमात्रै हैन प्रशिक्षक र खेलकर्मी पनि साग नै समयमा नहुने कि भनेर चिन्तित बन्न थालेका छन् ।

दशरथ रंगशालामा भीआईपी प्याराफिटको छाना हाल्ने काम पूरै बाँकी छ । त्यस्तै, रङ रोगनदेखि साउन्ड सिस्टम र लाइट हाल्ने कामदेखि मैदानमा दुबो उमार्ने काम बाँकी छ । पोखरा रंगशाला निर्माणले पनि गति लिएको छैन ।

मन्त्री विश्वकर्माले भने, ‘आज साग खेलकुदकै लागि समितिहरु बन्दै छन् । यो समितिले अबका दिनमा सागको लागि आवश्यक पर्ने सबै कार्यहरु गर्नेछ । त्यसपछि काम भएको देखिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment