+
+
Shares

यान्त्रिक परिक्षण तथा सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १७:४३

९ असोज, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, लोत्से बहुउदेशीय प्रालि तथा सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा नयाँबसपार्क गोङ्गबुमा यान्त्रिक परिक्षण शुभारम्भका साथै सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो विमोचन कार्यक्रम भयो ।

चाडपर्व विशेष शुभकामना आदान-प्रदानका साथै सार्वजनिक यातायात र यात्राको सुरक्षाका लागि सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा लोत्से बहुउदेशीय प्रालिको विशेष पहलमा बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरुको निःशुल्क यान्त्रिक परिक्षण गरी सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरीएको हो । सो परिक्षण सिप्रदी तथा टाटा मोटर्सले निःशुल्क रुपमा हरेक गाडीको ११ वटा गुणस्तर र सुरक्षाका सूचीबनाएर गर्ने छ ।

“सुरक्षित यात्रा हाम्रो अभियान”भन्ने मुल नाराका साथ उक्त कार्यक्रम उत्साहपूर्ण रुपमा शुरुवात गरियो ।

सो कार्यक्रममा बोल्दै सिप्रदी कम्पनिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “चाडपर्वहरुको समयमा सार्वजनिक यातायातको चापबढ्ने हुँदा सवारी साधन र यात्रुहरुको सुरक्षित यात्राका लागि विभिन्न किसिमका ११ वटा निःशुल्क यान्त्रिक परिक्षण गरी सेवा पु-याउन पाउँदा खुसी लागेको छ र आगामी दिनमा यस्तै किसिमका अन्य कार्यहरु मार्फत जोडिएर सेवा सुविधा पु-याउन प्रति बद्धछौँ ।”

बसपार्कमै रहेको टाटामोटर्सका लागि सिप्रदीको वर्कसप मार्फत् सवारीसाधनको यान्त्रिक परिक्षण हुनेछ भने यात्राका क्रममा कुनै पनि समस्या देखिएमा टाटामोटर्सको मोबाइल भ्यान मार्फत् सेवाउ पलब्ध गराइनेछ ।

उक्त कार्यक्रममा प्रमुखअ तिथिका रुपमा प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल थिए भने विशेष अतिथिका रुपमा यातायात व्यवस्था विभाग, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, महानगरीय प्रहरी अपराध महाशाखा, सवारी परिक्षण कार्यालय, काठमाडौं महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष र विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?