Comments Add Comment

भक्तपुरमा शुरु भयो फुडटिच मेला

९ असोज, काठमाडौं । भक्तपुरको सल्लाघारी चौरमा बिहीबारदेखि ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ । ओलप्पिया मुख्य आयोजक रहेको यस मेलालाई नेपाल सरकार, चेम्बर अफ कमर्सलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टल रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।

फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले दशैंको मुखमा आयोजित फूडटिच मेला प्रशंसनीय रहेको बताए । मेलाले अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भन्दै यस्ता कार्यक्रमले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसाथ गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment