Comments Add Comment

कन्फ्यूज बनाउने ‘हाउसफुल ४’को ट्रेलर

अक्टुबर २५ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘हाउसफुल ४’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरलाई पूनःजन्मको कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गरिएको छ ।

यसअघिका सिरिज हिट भएकाले पनि यो चलचित्र प्रतिक्षामा छ । चलचित्रमा मुख्य कलाकारहरु २ नामबाट परिचित भएको देखाइएको छ । सन् १४१९ र सन् २०१९ को कथालाई चलचित्रले कमेडीको माध्यमबाट प्रस्तुत गरेको छ ।

साजिद नाडियाडवालाको लगानीमा तयार भएको यो चलचित्रमा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पुजा हेग्डे, कृती खर्बन्दाको मुख्य भूमिका छ । यो चलचित्रलाई फरहाद साम्जीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment