Comments Add Comment

साफ यू–१८ च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने

१० असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपालमा जारी साफ यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत आमने सामने हुने भएका छन् ।

हलचोक स्थित एपिएफ क्लबको मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ४–० र भारतले माल्दिभ्सलाई पनि समान ४–० ले नै पराजित गर्दा उपाधि भिड्ने टोलीको टुङ्गो लागेको हो । उपाधिको छिनोफानो आइतबार लाग्नेछ । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि आइतबार सेमिफाइनलमा पराजित भएका टोलीद्वय भुटान र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम, मिराज हुसेन र दिपक रोयले एक/एक गोल गरे ।

यस्तै दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्‍यो । भारतको जितमा दिलाउन नरेन्द्रर, मानबिर सिंह र निन्थोईनगान्बाले एक/एक गोल गर्दा एक गोल भने उपहार पायो ।

यसअघि सम्पन्न दुई संसकरणको उपाधि विजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment