Comments Add Comment

धनी र गरीबलाई ग्यासको मूल्य फरक गरिन्छ : मन्त्री यादव

१० असोज, काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा न्यून आय भएका नागरिकलाई थप छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार आयोजित पत्रकार भेटघाटमा यसको जानकारी दिए ।

भर्खरै घटाइएको ग्यासको मूल्य धनी र गरीबलाई बराबर भएको बताउँदै उनले यस्तो परिपाटी बदल्न लागिएको बताए ।

‘इन्धनको मूल्य एकमुष्ट समायोजना गर्दा न्यून आय भएका नागरिक लाभान्वीत हुन सकेनन्,’ मन्त्री यादवले भने, ‘अब धेरै आय हुने र ब्यापार गर्नेका लागि ग्यासको मूल्य धेरै र न्यून आय भएका नागरिकका लागि थोरै बनाइने छ ।’

न्यून आय भएका जनताले धेरै छुट पाउनु पर्छ भन्ने सरकारको सोच रहेको र त्यसै अनुसार नीति बनिसकेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

धेरै आय भएका तथा व्यवसायिक प्रयोजन र न्यून आय भएकाहरुका लागि सिलिन्डर बर्गीकरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment