+
+
Shares

अखिल क्रान्तिकारी लुम्बिनी व्युरो इञ्चार्जसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ११ गते ९:४९

११ असोज, नवलपरासी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना विद्यार्थी नेतालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ ।

अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्वविद्यार्थी संयोजक नयनसिंह खड्का ‘नवीन’ पक्राउ परेका हुन् । उनीहरुलाई सुनवलको रमवापुरबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शारदा भण्डारीलाई प्रहरीले यसअघि पनि पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएकी थिइन् । पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्चको आदेशमा ७१ दिनपछि भण्डारी रिहा भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?