Comments Add Comment

१० खेलाडीमा सीमित बार्सिलोनाको सहज जित

रियल मड्रिड र एथ्लेटिको मड्रिडले अंक बाँडे

१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ ।

शनिबार राति गेटाफेलाई उसैको भूमिमा बार्सिलोनाले २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज र जुनियर फिर्पोले गोल गरे ।

खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्दा १० खेलाडीमा सीमित पनि बन्यो ।

खेलको ४९औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २-० गोलको अग्रता दिलाए । तर खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो ।

ला लिगा फुटबलमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्यस्तै, अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिको विल्बाओलाई र ग्रानाडाले लेगानेसलाई समान १-० गोलअन्तरले नै पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment