Comments Add Comment

गुल्मीमा कुटपिटबाट ६४ वर्षीय वृद्धको मृत्यु

१२ असोज, तम्घास । गुल्मीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-६ तल्लो कोरेङ्ग निवासी ६४ वर्षीय दुर्गादत्त ढकालको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

ढकाललाई सोही ठाउँ निवासी ४५ वर्षीय टोपबहादुर सार्कीले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ दुई जनाबीच आपसमा झगडा हुँदा ढकाललाई सार्कीले कुटपिट गरी घाइते बनाएका थिए । घाइते ढकाललाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको भन्दै प्रहरीले टोपबहादुर सार्कीलाई गएराति १ बजे पक्राउ गरेको छ ।

कुटपिटको कारण पुरानो रिसइबी भएको भन्ने खुल्नमा आएको र अन्य कारण थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायव उपरीक्षक घलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment