Comments Add Comment

मनाङ प्रहरीद्वारा चालकहरु सम्मानित

१२ असोज, मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ । मनाङ जिल्ला समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालकहरुलाई सम्मान गरिएको हो ।

चामे गाउँपालिका वडा नम्बर ४ मा भएको कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल र प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी चालकहरुलाई अविर र माला लगाइदिएर सम्मान गरेका हुन् । सम्मानित भएका चालकहरुले खुसी व्यक्त गरेका छन् ।

‘प्रहरीको चेकिङमा प्राय कारबाहीमा पर्थ्यौं, आज प्रहरीकै हातबाट अविर माला लगाउन पाइयो,’ ग १ ज ६३१७ नम्बरका जीप चालक लक्ष्मण तामाङले भने, ‘यो हामीलाई जिम्मेवार बनाउन गरिएको कार्य हो ।’

यसैगरी ग १ ज ६३९१ नम्बरका जीपका चालक नारायण भण्डारीले आफूहरुलाई सम्मान गरेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रति आभार प्रकट गरे ।

प्रहरी निरीक्षक विकले सवारी दुर्घटना न्युनीकरणका लागि चालक, सहचालक, यात्रुहरु र समुदायको भूमिका कस्तो हुनुपर्दछ भनि जनचेतनामुलक अनुशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा दुर्घटना न्युनीकरणसम्बन्धी प्रचार सामग्री वितरण पनि गरिएको थियो ।

यो पनि पढ्नुहोस दुर्घटना नगराउने चालकलाई सम्मान गर्दै ट्राफिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment