Comments Add Comment

भायनेटको दशै तिहार टीभीको उपहार

१२ असोज, काठमाडौं । नेपालको पहिलो र बिशाल एफटीटीएच (फाइबर टु दि होम) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसनले  भदौ २६ गतेदेखि दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट दशै तिहार टीभी को उपहार” नामक नयाँ अफर ल्याएको छ ।

अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेट टिभीको साथ स्काइवर्थको ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्त गर्न सकिनेछ । इन्टरनेट र टिभिका ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काकइवर्थ एलईडी टिभि घरमै लैजान सकिनेछ ।

वाषिर्क रु २५हजार ९९० प्लस भीएटीको मूल्यमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यालन भएकोे नेट टिभी को साथ स्काइवर्थको ३२ इन्च टिभि घरमै लैजान सकिनेछ ।

ग्राहकहरुको सुविधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले स्काइवर्थको ४० इन्च टिभि र इन्टरनेटको कम्बो प्याक पनि ल्याएको छ ।

वाषिर्क रु ३४,५४५ प्लस भ्याट को मुल्यमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएकोे नेट टिभी को साथ स्काइवर्थको ४० इन्च टिभि घरमै लैजान सकिनेछ र साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १ हजार ४७५ को छुट पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment