Comments Add Comment

नेकपालाई कांग्रेसको चेतावनी : हामीलाई नजिस्क्याऊ

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेता मिनेन्द्र रिजाल लगायतमाथि भएको आक्रमण प्रयासको विरोध गरेको छ ।

तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेता रिजाल, कांग्रेस तनहुँका कार्यवाहक सभापतिलगायतलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेका थिए । रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै लाठी, ढुंगा, वियरका बोतलसहित बाटो छेकेका थिए ।

‘फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ’ कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको भन्दै कांग्रेसले ‘मण्डलेशैली’ नरोके आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

‘लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिन चाहन्छ’ उसले भनेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment