Comments Add Comment

साउदी राजाका अंगरक्षकको गोली हानी हत्या

१३ असोज, काठमाडौं । साउदी अरबका राजाको अंगरक्षक अब्दुल अजिज अल फागमको गोली हानेर हत्या भएको छ । अब्दुल अजिज साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए ।

जेद्दाहस्थित साथीको घरमा गएको बेला उनको हत्या भएको साउदी प्रेस एजेन्सीले जनाएको छ । मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । चर्को भनाभन भएपछि उनकै साथीले गोली हानेर अल फागमको हत्या गरेको प्रहरीले जनाएको छ ।

ती व्यक्तिले आफ्नै भाइ र एक फिलिपिनी कामदारमाथि पनि गोली चलाएका थिए । उनीहरु घाइते भएका छन् । तत्काल घटनास्थल पुगेका प्रहरीमाथि पनि उनले गोली चलाएको र पाँच जना प्रहरीसमेत घाइते भएको मक्का प्रहरीले बताएका छन् । प्रहरीले ती व्यक्तिलाई गोली हानेर मारेको छ ।

सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment