Comments Add Comment

यसपालीको दशैंमा युवायुवतीको फेसन

यसपटकको दशैं यही आईतबारदेखि औपचारिक रुपमा प्रारम्भ हुँदैछ । आईतबार घटस्थापनासँगै हाम्रो घर-घरमा दशैं भित्रिने छ । अहिले काठमाडौंसहित देशका प्रमुख शहरका बजारहरुमा भीडभाड प्रारम्भ भईसकेको छ । विद्यार्थीहरुको विद्यालय तथा कलेजहरु बिदा भईसकेका छन् । काठमाडौंबाट आफ्नै गाउँ-घर पुगेर दशैं मनाउनेहरुले झोला तयार पार्न थालिसकेका छन् ।

दशैं भन्नेबित्तिकै किनमेल सबैभन्दा पहिलो शर्त हो । किनमेलमा पनि नयाँ लुगाको किनमेल पहिलो प्राथमिकतामा पर्दछ । हुन त अचेल अधिकांशलाई नयाँ लुगा लगाउन दशैं नै कुर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन् । तर, परम्परादेखि आएको चलन के छ भने दशैंमा कम्तिमा एक जोर नयाँ लुगा लगाउनै पर्छ । त्यसैले आज पनि ठूलादेखि सानासम्म यसपटकको दशैंमा के लगाउने ? भन्ने कुराको छलफल गर्दै बजारतर्फ निस्कन्छ ।

यसै प्रसंगमा हामीले काठमाडौंको पुतलीसडकमा सञ्चालनमा रहेका पुरुषहरुका अत्याधुनिक पहिरनहरु पाइने यूनिवेयर तथा पोखराको चिप्लेढुंगामा रहेको कसमम पुतलीबजारका सञ्चालकहरुसँग यसपटकको दशैंमा युवा-युवतीहरुका लागि के-कस्तो फेसन आएको छ भन्ने कुरामा छोटो कुराकानी गरेका छौं । कुराकानी प्रारम्भ गरौं, पुतलीसडकस्थित यूनिवेयरका सञ्चालक सुजन सुवेदीसँग :

सुजन सुवेदी

सुजनजी, दशैं कत्तिको लागको छ ?

दशैं राम्ररी नै लागेको छ । यसपटक असोजको दोस्रो सातासम्म पनि पानी परिरहेकाले हिले दशैं होला कि भन्ने चिन्ता छ । अझै एक साता पानी पर्ने भनिएको छ । पानी परेपछि मानिसहरुको चहलपहल अलि कम हुन्छ । हिँडडुल गर्न गाह्रो भएकोले पनि हामीले सोचेको जस्तो दशैं आइसकेको छैन ।

यसपटकको दशैंमा युवाहरुका लागि कस्तो फेशन चलेको छ ?

एकातिर पानी पर्न कम नहुनु तथा अर्कोतिर असोजको दोस्रो साता भैसकेकाले काठमाडौंमा बिस्तारै चिसो अनुभव गर्न थालिएको छ । अब बिस्तारै जाडो बढ्ने निश्चित छ । त्यसैले पनि होला यसपटकको दशैंमा समर इन्डका साथै विन्टर वेयरका पहिरनहरु फेसनमा छन् ।

तपाईंले दशैंका लागि भने नयाँ पहिरन के राख्नुभएको छ ?

अहिले हाम्रो सम्पूर्ण ध्यान दशैंमै केन्दि्रत भएको  छ । हामीले दशैंका लागि उपयुक्त हुने पहिरनहरु ल्याएका छौं । अहिले बजारमा चलेका टिनएजरदेखि बयस्कसम्मका पुरुषहरुले लगाउने फेसनका पछिल्ला नमूनाहरु यहाँ उपलब्ध छन् ।

किनमेल गर्न कस्ता प्रकारका ग्राहकहरु आइरहनु भएको छ ?

प्रायः किशोरहरु र युवाहरुको संख्या बढी छ । यसबाहेक हाम्रो स्टोरमा मेरा आफ्नै नियमित ग्राहकहरु हुनुहुन्छ । विद्यार्थीहरु हुनुहुन्छ । चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरु समेत नियमित रुपमा आइरहनु हुन्छ । अहिले दशैंका लागि समेत केही चर्चित व्यक्तित्व -सेलिब्रेटी)हरुले हाम्रै स्टोरमा सपिङ गर्नुभएको छ । यसबाहेक प्रायः मध्यम वर्गीय युवाहरु आइरहनु हुन्छ ।

दशैंका लागि उपयुक्त हुने पहिरनको मूल्य कस्तो छ ?

दशैं भन्ने पर्व सबै वर्गका मानिसहरुले मनाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले हामीले पहिरनको मूल्य पनि हरेक वर्गका व्यक्तिहरुलाई उपयुक्त हुने शैलीले राखेका छौं । हाम्रो स्टोरमा एक हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका पहिरनहरु पाइन्छन् ।

यसपटकको दशैंका लागि ग्राहकहरुमा कस्ता पहिरनको माग बढेको छ ?

अहिलेको युवापुस्ता फेसनमा निकै चासो राख्ने एवं जानकार हुनुहुन्छ । ईन्टरनेटले हामीलाई फेसनको सबैभन्दा पछिल्लो नमूनाका बारेमा समेत जानकारी दिन्छ । यसपटकको दशैंमा काठमाडौंमा नयाँ शैलीका कोरियन दृष्टि झल्काउने पहिरनहरुको माग बढी छ । यसबाहेक क्याजुअल कोट, हूक, टिसर्ट, हाइनेक, न्यू फेसनेवल सर्टहरुको माग बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment