Comments Add Comment

चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलन स्थगित

१३ असोज, चितवन । सहमतिअनुसार बढी लिएको शुल्क फिर्ता गर्न २४ घण्टे अल्मिमेटम दिएका चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गर्ने तयारी स्थगित गरेका छन् ।

बडादशैं नजिक आएको र हरेक विद्यार्थीहरु घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए । ‘दशैंलाई लक्षित गरी हामीले आन्दोलन स्थगित गर्‍यौं’, उनले भने, ‘असोज २७ गतेबाट फेरि आन्दोलन सुरु गर्छौं ।’

अध्यनरत विद्यार्थी र उनीहरुका अभिभावकले आइतबार मात्रै विज्ञप्ति जारी गरी सहमतिअनुसार काम नभएको भन्दै आन्दोलनको अल्टिमेटम दिएका थिए । चितवन मेडिकल कलेज अगाडि भेला भएका विद्यार्थी र अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा गत असोज ४ गते भएको सहमतिअनुसार शुल्कको भर्पाइ दिएर रकम फिर्ता गर्न माग गरे । सहमतिमा असोज १० गतेसम्म कलेजले लिएको भनिएको अतिरिक्त शुल्कको भर्पाइ रसिद दिने र सो बारेको प्रतिवेदन बनाउने भन्ने उल्लेख छ ।

मेडिकल कलेजका प्रतिनिधिहरुले भर्पाइ नदिने, प्रतिवदेन तयार पार्ने काममा आलटाल गर्ने र नाजायज विवाद झिकेकाले प्रतिवदेन तयार हुन नसकेको उनीहरुले बताए ।

मेडिकल कलेज सञ्चालकहरुले सरकारलाई पनि प्रभावमा पारेको उनीहरुको दाबी छ । भेलामा अभिभावकहरुका तर्फबाट छजनाले बोलेका थिए । उनीहरुले दशैंपछि आन्दोलन चर्काउने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment