+
+
Shares

पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच भेटी संकलन गर्न सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १४:४५

१३ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबिच पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेको देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा चन्दाहरु दानपत्रवा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु दानपत्रवा भेटीपत्रमा चढाईएको रकम बैंकिङ प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गरी भेटी रकमलाई व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न कला तथा सस्कृतिक एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्‍याउदै आएको छ ।

यसै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्र विकास कोषसँग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निर्माण गरिरहेको छ ।

पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्राहलय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जिर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफाईर्मा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?