Comments Add Comment

दशैंलाई लक्षित गरी गुल्मीमा भेंडा च्याङ्ग्रा भित्रिँदै

१३ असोज, गुल्मी । नेपालीहरुको महान पर्व दशैं नजिकिएसँगै गुल्मीको तम्घास बजारमा भेंडा च्याङ्ग्रा भित्रिन सुरु भएको छ । प्रत्येक वर्ष झैँ यो वर्ष पनि दशैंलाई लक्षित बाग्लुङ लगायतका स्थानबाट गुल्मीमा भेंडा च्याङ्ग्रा बिक्रीका लागि भित्रिन सुरु भएको हो ।

वडादशैंको चहलपहल बढ्न थालेसँगै तम्घास बजारमा भेडा च्याङग्रा किन्नका लागि सर्वसाधरणको भीड लाग्न थालेको व्यपारीहरुले बताएका छन् । झण्डै ६ सयको संख्यामा भेडा च्याङग्रा पाल्दै आएका बाग्लुङको निसी खोला गाउँपालिका–४ का चुरामणी भट्टराइले पहिलो चरणमा १ सय भेडा च्याङ्ग्रा बिक्रीका लागि ल्याएको बताए ।

२२ वर्षदेखि भेडा च्याङग्रा पाल्दै आइरहेका भट्टराईले एउटा भेडा १८ हजार रुपैयाँसम्ममा बेच्ने गरेको बताए । प्रति केजी १ हजार मुल्यको हाराहारीमा भेडा च्याङ्ग्राको मुल्य पर्ने उनले बताए । भट्टराईले बाग्लुङसँगै, बेनी, पोखरा, गुल्मी अर्घाखाँचीसम्म लगेर भेडा च्याङ्ग्रा बिक्री गर्ने गरेको बताए । वडादशैं लगायत अन्य पर्वहरुमा पनि बिक्री गर्ने गरेको उनले बताए ।

सानो संख्याबाट व्यवसाय गर्दै आएका भट्टराइले बजारको राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै लगेको बताए । वर्षिक ४ सय भन्दा वढी भेडा बिक्री गर्दै आएका भट्टराइले वर्षिक ४ लाख रुपैया आम्दानी हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment