Comments Add Comment

निष्कासित पत्रकारहरुको पुनर्वाहलीको माग राख्दै बानेश्वरमा धर्ना

१३ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्वाहली  तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघको आह्वानमा रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारहरुको तत्काल पुनर्वाहली गर्न सरकारसँग माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा धर्ना सुरु गरेको हो ।

१० वर्षसम्म रेडियो नेपालमा कार्यरत पत्रकारहरुको पुनर्वहालीको माग गर्दै सडक आन्दोलन सुरु गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । सरकारले तत्काल आफूहरुको सो मागको सुनुवाई नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी आचार्यले दिए ।

अध्यक्ष आचार्यले न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू गराउन पनि सरकारलाई सचेत गराए । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलबाट बर्खास्त गरिएका डोटीका पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरको पुनर्वहाली गर्न सरकारसँग माग गर्दै रेडियो नेपाल, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले पनि आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment