Comments Add Comment

चीनले मनायो ७० औं वर्षगाँठ, बेइजिङमा १५ हजार सैनिकको परेड

१४ असोज, काठमाडौं । चीनले आज आफ्नो ७० औं वर्षगाँठ मनाइरहेको छ । एक अक्टुबर १९४९ अक्टुबर १ मा माओ त्सेतुङ्गले चीन गणराज्य घोषणा गरेका थिए ।

७० औं वर्षगाँठको अवसरमा राजधानी बेइजिङका विभिन्न सडकहरूलाई रंगीबिरंगी फूलहरूले सजाइएको छ भने मंगलबार बेइजिङस्थित तियनमेन स्क्वायरमा भव्य सैनिक परेड आयोजना गरिएको छ ।

कार्यक्रममा सैनिक ट्यांक, मिसाइल लन्चरसहित १५ हजार सैनिकले मार्चपास गरेका छन् । समारोहमा अत्याधुनिक प्रविधियुक्त स्वदेशमै निर्मित सैन्य सशस्त्रअस्त्रहरुको प्रदर्शन गरिएको छ । सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङका साथै ९७ मुलुकका १८८ सहचारी सहभागी भए ।

सैन्य परेड नेतृत्व टोली कार्यालयका उपप्रमुख मेजर जनरल छाइ च च्युनले यस पटकको सैन्य परेड ८० मिनेट लामो थियो र विगतका वर्षहरुको भन्दा भव्य भएको छ ।

बेइजिङ प्रशासनले सैन्य परेडलाई भव्य बनाए पनि विश्व महारथी चीनलाई अमेरिकासँगको संघर्षका कारण अघि बढ्न भने सजिलो छैन । चीन अहिले अप्ठ्यारो परिस्थितिसँग जुधिरहेको स्वयम् राष्ट्रपति सी चिन फिङले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment