१४ असोज, काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा टस जितेर पहिले बलिङ गरेको नेपालले जिम्बाब्वेका तीन विकेट लिएको छ ।
इण्डियन एसोसिएसन क्रिकेट मैदानमा जिम्बाब्वेले ५ ओभरको समाप्तिमा ३८ रन बनाउँदा तीन विकेट गुमाएको हो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले विकेट लिएका छन् ।
सन्दीपले दुई ओभरको समाप्तिमा ९ रन खर्चिएर दुई विकेट लिएका हुन् । त्यस्तै, सोमपालले पनि दुई ओभरमा ६ रन खर्चिएर एक विकेट लिएका छन् ।
जिम्बाब्वेका पिटर मोर २१ रनमा आउट हुदा रेगिस चकक्भा ६ र ब्रियन चारी शून्य रनमा आउट भए ।
प्रतिक्रिया 4