Comments Add Comment

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

१५ असोज, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–९ बगैचामा करेन्ट लागेर बुधबार विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय धन बहादुर गुरुङ रहेका छन् ।

घरमा राखिँदै आएको बौद्ध झण्डा फेर्ने क्रममा करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा बौद्ध समाजको झण्डा राख्न पोल गाड्न खोज्ने क्रममा पोलले ११ केभी प्रशारण लाइनको नाङ्गो तारलाई छुन पुग्दा गुरुङलाई करेन्ट लागेको डिएसपी मित्रवन्धु शर्मालेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment