+

साल्जबर्गमाथि लिभरपुलको कठिन जित

२०७६ असोज  १६ गते ७:४४ २०७६ असोज १६ गते ७:४४
साल्जबर्गमाथि लिभरपुलको कठिन जित

१६ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा समूह ‘इ’ मा भएको खेलमा लिभरपुलले साल्जबर्गलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे । त्यस्तै साडियो माने र एन्ड्रयु एण्डरसनले पनि १–१ गोल थप्न सफल भए । यता, साल्जवर्गका लागि ह्वाङ ही चान, ताकुमी मिनामिनो र ब्रुट हालान्डले गोल गरे ।

नवौं मिनेटमा नै मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा एन्डरसनले गोल गरेपछि लिभरपुल २–० गोलले अघि बढेको थियो ।

खेलको ३६ औं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले ३–० गोलको अग्रता बनाएको थियो । तर खेलको ३९ औं मिनेटमा ह्वाङ ही चानले गोल गरेपछि साल्जबर्गले पहिलो हाफसम्म ३–१ गोलको स्थितिमा ल्याएको थियो ।

खेलको ५६ औं मिनेटमा मिनामिनोले गोल गर्दै साल्जबर्गलाई ३–२ गोलको अवस्थामा ल्याए । तुलनात्मक रुपमा पहिलो हाफमा राम्रो प्रदर्शन गरेको साल्जबर्ग खेलको ६०औं मिनेटमा अर्को गोल गर्न सफल भयो । हालान्डले गोल गरेसँगै साल्जबर्गलाई ३–३ गोलको बराबरीमा पुर्‍याएका थिए ।

मोहम्मद सलाहले खेलको ६९ औं मिनेटमा दोस्रो गोल गर्दै लिभरपुललाई ४–३ गोलको जित दिलाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय