Comments Add Comment

कुपोषण अन्त्यका लागि चेतना अभिवृद्धि गरौं : मुख्यमन्त्री राउत

१६ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरिबी र अशिक्षाका कारण कुपोषण बढ्दै गएको बताएका छन् । उनले कुपोषण अन्त्यका लागि चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

जनकपुरधाममा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुपोषण अन्त्यका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । गरिबी र अशिक्षाका कारण कुपोषण बढदै गईरहेको भन्दै उनले यसका निम्ति सामाजिक चेतना अभिवृद्धि सहितको कार्यक्रम ल्याउनुपर्ने बताए ।

कुपोषण अन्त्यका लागि तीनै तहका सरकारलाई समन्वय गर्नुपर्ने उनको भनाइ थियो । ‘प्रदेश सरकार तीन तहका सरकारसँग सहकार्य गरेर कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध छ’ उनले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य बाबुलाल साह, अशोक यादव, बेची लुंगेली सहित बाल बालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment