Comments Add Comment

‘आमा’को मन छुने फस्टलुक

चलचित्र ‘आमा’को मन छुने फस्टलुक सार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरेकी छिन् । सुरक्षाको यो तस्वीर सार्वजनिक भएसँगै धेरैले यसलाई रुचाएका छन् । नेपाली समाजमा छोरीले आमा–बुबाको निधनपछि दागवत्ती दिन हुदैन भन्ने चलन छ ।

तर, चलचित्रले यो प्रथाको विरुद्धमा बोलेको पोष्टर हेर्दा अनुमान लगाउन सकिन्छ । चलचित्रमा शिर्ष भूमिकामा कलाकार मिथिला शर्मालाई देख्न सकिन्छ । दीपेन्द्र के खनालकै कथा रहेको चलचित्रलाई खनालले नै खिचेका हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रमा शर्मिला पाण्डेको लगानी छ । चलचित्रले फागुन ९ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

निर्देशक खनालले ‘पशुपति प्रसाद’पछि दर्शकले अर्को मन छुने चलचित्र हेर्न पाउने दाबी गर्दै आएका छन् । चलचित्रको फस्टलुकले यो कुराको भान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment