Comments Add Comment

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको अध्यक्षमा हरि पन्त निर्वाचित

१६ असोज, वीरगञ्ज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगगञ्जको अध्यक्षमा पुन: बुद्धि बहादुर पन्त (हरि पन्त) अध्यक्षमा चुनिएका छन् ।

०७५ चैतमा गठन भएको संघको प्रथम अधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

दियालो लर्डस प्लाजाको सभा हलमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा रचेन्द्र सिंह थापा, उपाध्यक्षमा छत्र बहादुर श्रेष्ठ, महासचिवमा कुल बहादुर बस्नेत, सचिवमा लक्ष्मी प्रसाद पाठक, कोषाध्यक्षमा पुष्पलाल श्रेष्ठ चयन भएका छन् ।

यस्तै संघको सदस्यहरुमा शेखर चौधरी, सन्दिप बस्नेत, सुरेश साह सोनार, हिरा श्रेष्ठ, सञ्चमाया श्रेष्ठ, शुशिला थापा, निशा श्रेष्ठ, कुबेर कार्की र नरेन्द्र मोक्तान चयन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment