Comments Add Comment

‘पीडित’को निवेदनसँगै छानविनबाट जोगिए महरा !

१५ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् । यससँगै महरामाथि प्रहरी छानविन रोकिने भएको छ ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् ।

मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)ले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझायो । लगतै महराले राजीनामा दिए । बुधबार संसद सचिवालयले महराले राजीनामा दिएकाले पद रिक्त भएको सूचना पनि निकालेको छ ।

तर पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।

यससँगै निवर्तमान सभामुख महरामाथि भइरहेको छानविन रोकिने देखिएको एक प्रहरी अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment