Comments Add Comment

फोर जी सेवा शुभारम्भ : प्रधानमन्त्रीले बोलेको मुख्यमन्त्रीले नबुझेपछि …

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य समारोहका बीच बुधबार ३६ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ गरेका छन् । तर उद्घाटन समारोहमा नै प्रधानमन्त्री ओली र  प्रदेश ७ का मुख्यमन्त्रीको भिडियो कन्फरेन्समै फोर जी इन्टरनेटले धोका दिएको छ ।

उद्घाटनका क्रममा प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीबीच फोर जी प्रयोग गरेर भिडियो कन्फरेन्स गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले निकै ठूलो सफलता हात पारेको भन्दै खुसी व्यक्त गरे ।

त्यसपछि प्रधानमन्त्रीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बोल्न समय दिए । तर भिडियोमा एकअर्कालाई देखिए पनि बोलेको राम्रो नबुझिएको उनले बताए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि बोलेको राम्रोसँग नबुझिएको गुनासो गरे ।

उद्घाटनकै दिन फोर जी इन्टरनेटले साथ नदिएपछि हलमा हाँसोको फोहोरा छुट्यो । त्यसलाई बुझेका प्रधानमन्त्री ओलीले उद्घाटनको दिन भएकाले भ्वाइसमा समस्या आएको तर क्रमश ठीक हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment