+

चौथो संस्करणको डीपीएल फागुनमा

२०७६ असोज  १६ गते १५:०९ २०७६ असोज १६ गते १५:०९
चौथो संस्करणको डीपीएल फागुनमा

१६ असोज, काठमाडौं । धनगढी प्रिमियर लिग ( डीपीएल) क्रिकेटको चौथो संस्करण आगामी फागुन ३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ ।

गत वर्षको संस्करण सिवाइसी अत्तरियाले जितेको थियो । अत्तरियाले ३० लाख रकम हात पारेको थियो ।

सिटी बेस फ्रेन्चाइज क्रिकेटको अवधारणाको साथ पहिलो संस्करणबाट देशमा आफ्नो छुट्टै पहिचान बनाएको डीपीएल यो पटक झनै भव्य बनाउने आयोजकले जानकारी दिएको छ ।

डीपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय