Comments Add Comment

मोरङमा महिलामाथि छुरा प्रहार

१६ असोज, काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका-१० सोमबारेमा बिहीबार एक युवकले महिलामाथि छुरा प्रहार गरेका छन् ।

सिटी सफारीको चार्जरको बिषयमा विवाद हुँदा सोमबारेका २० वर्षीय मेघनाथ मण्डलले सोही ठाउँ बस्ने ३४ वर्षीया माया मण्डलमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट टाउकोमा चोट लागेका मायालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

पुर्णिमा मण्डल र उनको छोरा मेघनाथलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment