+
+
Shares

दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १६ गते २१:२६

१६ असोज, काठमाडौं । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीअनुसार ६४ अर्ब लगानीमा पार्क बन्नेछ । पार्कको नाम ‘चाईन-नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे काम थालिसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?