Comments Add Comment

मेकअप आर्टिस्टको सुझाव : चार्डपर्वमा कस्तो मेकअप उपयुक्त ?

हामी यतिबेला चार्डपर्वको मौसममा छौं । वर्षकै ठूलो चार्डपर्व दशैंले सबैलाई ब्यस्त बनाएको छ । शहर, बजारदेखि मन्दिरसम्म मान्छेहरुको राम्रै भीड छ । अर्थात् अहिले सबैलाई दशैं लागेको छ । दशैं भन्ने बित्तिकै मिठो खाने, राम्रो लगाउने, चिटिक्क पर्ने चार्डको रुपमा लिइन्छ । यो पर्वमा बालबालिकादेखि बृद्ध-बृद्धासम्म उत्तिकै रमाउछन् ।

युवती तथा महिलाहरुलाई भने दशैंमा कसरी राम्री बन्ने भन्ने कुराले समेत सताउछ । दशैंको टीकाको दिन कस्तो मेकअप गर्ने, मन्दिर जाँदा कस्तो मेकअप गर्ने भन्ने उनीहरुको चिन्ताको विषय हुन्छ । चार्डपर्वमा कस्तो प्रकारको मेकअप उपयुक्त हुन्छ भन्ने बारेमा हामीले सिनियर मेकअप आर्टिस्ट सन्दिप डंगोलसँग कुराकानी गरेका छौं । मेकअप आर्टिष्ट डंगोल लामो समयदेखि नीलडेविड्स मेकअप एकेडेमी, काठमाडौंमा बरिष्ठ प्रशिक्षकको रुपमा समेत कार्यरत छन् ।

चार्डपर्वमा कस्तो प्रकारको मेकअप गर्ने ?

चार्डपर्वको बेला महिलाहरुले प्रायः प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्छ । अहिलेको सिजनमा यही मेकअप लोकपि्रय समेत भईरहेको छ । यस्तो मेकअपले हरेक प्रकारका छालालाई आकर्षक देखाउन सहयोग पुर्‍याउछ । हामी सबै व्यक्तिहरुलाई प्रकृतिले नै छाला, आँखा, चिउडो, ओठ जस्ता सुन्दर अंगहरु प्रदान गरेको छ । हामीले यी अंगहरुलाई थोरै मात्र मेकअप गर्‍यौं भने पनि हामीले हाम्रो सौन्दर्यप्रति चिन्ता गर्नै पर्दैन ।

कस्तो अनुहारमा कस्तो प्रकारको मेकअप सुहाउछ ?

जहाँसम्म तपाईंले आफूलाई सुन्दर बनाउने कुरा छ, हरेक प्रकारका मेकअपले तपाईंलाई सुन्दर नै बनाउछ । तर, मलाई लाग्छ छालाको प्राकृतिक रङ्गसँग मिल्ने हल्का मेकअप प्रायः सबैलाई सुहाउछ । आँखामा न्यूट्रोल टोन उत्कृष्ट देखिन्छ । कम उमेरका किशोरी तथा बृद्धाहरुलाई यस्ता मेकअप सुहाउछ भने टिनएजर्स युवतीहरुले त आफ्नो रोजाईका रंग प्रयोग गर्दै मेकअप गर्न सक्छन् ।

मेकअप गर्दा कुन-कुन कुरालाई ध्यान दिनुपर्छ ?

एउटा राम्रो मेकअप गर्नुभन्दा पहिला छालाको सुरक्षा महत्वपूर्ण कुरा हो । वास्तवमा, मेकअप गर्ने क्रममा फाउण्डेसन लगाउनुभन्दा पहिला प्राइमर लगाउनुपर्छ । यसोगर्दा तपाईंको मेकअप लामो समयसम्म टिक्ने मात्र होइन, त्यसले छालालाई पनि सुरक्षित बनाउछ । पसिना, आद्रता तथा लामो समयसम्म मेकअप बचाउन चाहानुहुन्छ भने तपाईंसँग मेकअप सेटिङ-स्प्रे हुनु अनिवार्य छ ।

मौसमले मेकअपमा कुनै असर गर्छ कि गर्दैन ?

हामीले फलो गर्ने फेसन टे्रेण्ड तथा लगाउने पहिरनले मेकअप टे्रण्डलाई पनि प्रभाव पारिरहेको हुन्छ । जसरी मौसम अनुसार पहिरनको फेसन तथा पहिरनको छनोट पनि परिवर्तन हुन्छ, ठिक त्यसैगरी मेकअप गर्ने शैली पनि मौसम अनुसार फरक-फरक हुन्छ । मौसमले अवश्य पनि हाम्रो छालाको बनावटलाई प्रभाव पार्छ ।

जस्तो जाडो मौसममा अधिकांश ब्यक्तिको छाला सुख्खा हुने अथवा फुट्ने समस्या उत्पन्न हुन्छ भने गर्मी मौसममा छाला तैलीय हुने सम्भावना रहन्छ । त्यसैले हामी गर्मीका लागि मेट फाउण्डेसन सिफारिस गर्छौंं भने जाडो मौसममा हाइड्रेटिङ डिउ फाउण्डेसन लगाउने सिफारिस गर्छौं ।

मेकअपमा ब्राण्डले कस्तो असर गर्छ ?

नक्कली चिनियाँ मेकअप ब्राण्डहरु बजारभरी उपलब्ध छन् । तिनीहरुले नेपालको मेकअप बजारलाई कब्जा गरिरहेका छन् । तर, मानिसहरुले के बुझ्नु अनिवार्य छ भने मेकअपका उच्च ब्राण्डहरुलाई हामीले विश्वास गर्नुपर्छ ।

किनभने उच्च ब्राण्डहरुले ती उत्पादनहरुलाई तयार पार्नका लागि धेरै समय खर्चिएका हुन्छन्, विभिन्न प्रकारका परिक्षणहरु गरेका हुन्छन् र ती प्रशाधनहरुले हाम्रो छालाको सुरक्षाको लागि समेत विभिन्न सचेतनाहरु अपनाएका हुन्छन् ।

तर, नक्कली तथा सस्ता सौन्दर्य प्रशाधनहरुमा भने हानिकारक रसायनहरुको प्रयोग अत्यधिक मात्रामा गरिएको हुन्छ । जसले हाम्रो छालाको प्राकृतिक गुणलाई नै नष्ट पारिदिन्छ । यतिमात्र होइन, नक्कली सौन्दर्य प्रशाधनले छालालाई बाहिरी रुपमा पनि निकै हानि पुर्‍याइरहेको हुन्छ । त्यसैले केही महंगो पर्ने भएपनि हामी उच्च ब्राण्डका सौन्दर्य प्रशाधनहरु मात्रै प्रयोग गर्न सल्लाह दिन्छौं ।

हेयर स्टाइल गर्दा के-के कुरामा ध्यान दिनुपर्छ ?

जब हेयर स्टाइलिङको प्रसंग आउछ, हामीले के बुझ्नु अनिवार्य छ भने एउटा स्वस्थ केश आफैंमा एउटा स्टाइल हुन्छ । केशमा विभिन्न प्रकारका रंगहरुको प्रयोग गरेर तपाईंले आफ्नो व्यक्तित्वलाई उच्च बनाउन सक्नुहुनेछ ।

तर, रंगहरुको अत्यधिक प्रयोग पनि केशका लागि हानिकारक हुन्छ । टे्रन्डिङमा भएका केही स्टाइलहरु तपाईंको लागि उपयुक्त छन् अथवा ती स्टाइलहरु फलोगर्दा तपाईं सुन्दर नै देखिनुहुन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । त्यसैले हेयर स्टाइलिङ गर्नुअघि एउटा राम्रो हेयर स्टाइलिससँग सल्लाह गर्नु सबैभन्दा अनिवार्य छ । उनले तपाईंको अनुहारको बनावट, छालाको बनावट अनुसार उपयुक्त हेयर स्टाइलका बारेमा सल्लाह दिन सक्नेछन् ।

पछिल्लो समय कस्तो शैलीको हेयर स्टाइल तथा कलर चलेको छ ?

यतिबेला फेसनमा दुई प्रकारका हेयर स्टाइल ट्रेन्डिङमा छन्, पहिलो ‘सर्ट-एजी हेयरकट्स’ तथा दोस्रो ‘लङ ग्ल्यामरस हेयर स्टाइल्स विथ सफ्ट टेक्चर ।’ तर, जहाँसम्म केशको रंगको कुरा छ, मानिसहरुले अहिले पनि प्रयोग नै गरिरहेका छन् । किशोर किशोरीहरुले भने आफूलाई खरानी, नीलो, हरियो, रातो, गुलाबी, सुन्तले आदि रंगमा समेत सजाइरहेका छन् । केशमा कलर गर्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत रुचिको विषय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment